Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

कैलालीमा थपिए ५७ जना कोरोना संक्रमित



जनस्वास्थ्य सरोकार, काठमाडौं । सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा कैलालीमा ५७ जनाको कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा लक्कीचुहा नगरपालिकामा २५ र गोदावरी नगरपालिकामा ३२ संक्रमित थपिएका हुन्।  संक्रमितमध्ये १० महिला र ४७ पुरुष रहेको प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट डा. हेमराज पाण्डेले जानकारी दिए। उनकाअनुसार अस्पतालले पछिल्लो २४ घण्टामा २ सय ५४ पिसिआर परिक्षण गरिएको छ।  प्रयोगशालामा हालसम्म ८ हजार ५ सय १९ जनाको पिसिआर परिक्षण भएको छ। जसमध्ये ७ हजार ८ सय ५७ जनामा कोरोना नेगेटिभ देखिएको उनले बताए। सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा हालसम्म ६ सय ६२ जनाको कोरोना पोजेटिभ देखिएको छ।

प्रतिक्रिया दिनुहोस्