Logo
|
Thursday 26th November 2020
NEWS PAPER

नेपालमा थप ६२९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या १० हजार ७२८ [भिडियो सहित]



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा ६२९ जनामा कोरोना भाइरस ( कोभिड– १९) संक्रमण पुष्टि भएको छ । यो सँगै देशका ७६ जिल्लामा पुष्टि भएका संक्रमितहरुको संख्या १०,७२८ पुगेको छ । जसमा महिला ५३८ र पुरुष ९,५३४ रहेका छन । मंगलबार ५३८ जनामा संक्रमण देखिएको थियो ।

यसैगरी बुधबार ११४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमा पुरुष १०६ र महिला ८ जना रहेका छन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या २,३३८ पुगेको छ । जसमा पुरुष २,१४१ जना र महिला १९७ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार, गएको २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा हालसम्म कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ ।
हालसम्म क्वारेन्टाइनमा ७८ हजार ६३९ जना बसेका छन भने ८ हजार ३६६ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन ।
अहिलेसम्म पीसीआर विधिबाट १ लाख ९३ हजार १९४ जना र आरडीटी विधिबाट २ लाख ८३ हजार ६८५ को नमुना परीक्षण गरिएको छ । विगत २४ घण्टामा ६,८२८ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्