Logo
|
Wednesday 24th April 2024
Logo

epaper

पाल्पामा थप ९३ जनामा कोरोना सङ्क्रमण



जनस्वास्थ्य सरोकार, पाल्पा । पाल्पामा बिहीबार बिहानै ९३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । चितवनमा रहेको भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा निस्दी गाउँपालिकाका विभिन्न वडाका क्वरेण्टीनमा रहेका ९३ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

बिहीबार पुष्टि भएका ९३ सँगै पाल्पामा कोरोना सङ्क्रमितको सङ्ख्या  तीन सय ४१ पुगेको छ । बुधवार मात्रै रामपुर नगरपालिकामा १४ जना नयाँ सङ्क्रमित थपिएका थिए ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार यसअघि रामपुर नगरपालिकामा ३० जना, पूर्वखोला गाउँपालिकामा १ सय २९ जना, माथागढी गाउँपालिकामा २७ जना,  रैनादेवी छहरा गाउँपालिकामा २० जना, रम्भा गाउँपालिकामा १६ , बगनासकाली गाउँपालिकामा २८ जना, तिनाउँ गाउँपालिकामा ३ जना, रिब्दीकोट गाउँपालिकामा ४ जना, निस्दी गाउँपालिकामा २ जनामा कोरोना सङ्क्रमणको पुष्टि भैसकेको छ ।

भारतबाट घर फर्किएका पूर्वखोला गाउँपालिकाका  एक पुरुषको उपचारका क्रममा कोरोना सङ्क्रमणकै कारण ज्यान गएको छ । उपचारका लागि पाल्पा आएका गुल्मीका २ र अर्घाखाँचीका १ जनामा समेत कोरोना सङ्क्रमणको पुष्टि भएको छ । पाल्पामा सङ्क्रमितमध्ये ७ जना उपचारपछि सञ्चो भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्