Logo
|
Saturday 27th April 2024
Logo

epaper

कोरोना संक्रमितको मृत्यु भएपछि पश्चिमाञ्चल अस्पतालका सेवा बन्द



जनस्वास्थ्य सरोकार, पर्वत । कोरोना सङ्क्रमित पुरुषको उपचारकै क्रममा ज्यान गएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका सेवा बिहीबारका लागि बन्द गरिएको छ। यो अवधिमा आकस्मिक बाहेकका सबै सेवाहरू बन्द रहने अस्पतालले जानकारी दिएको छ। स्याङ्जा सिरुबारीका कोरोना स‌ंक्रमित ​५५ वर्षीय पुरुषको बुधवार राती मृत्यु भएपछि उनको शव व्यवस्थापनका लागि अस्पतालमा आकस्मिक बाहेकका सेवाहरू बन्द गर्नुपर्ने भएको अस्पतालका निर्देशक सह प्राध्यापक डा. अर्जुन आचार्यले बताए। ‘शव व्यवस्थापनको बेलामा अरू कोही पनि शवको नजिक जानुहुँदैन, सेवाग्राहीको धेरै चाप हुने अस्पतालमा भीडकै माझबाट शव निकालेर लैजानु जोखिमपूर्ण हुन्छ,’ उनले भने, ‘सबैलाई सुरक्षित राख्न बिहीबार एक दिनका लागि इमर्जेन्सी बाहेकका सेवाहरू बन्द गर्ने निर्णय गरेका हौँ।’ शुक्रबारबाट भने सबै सेवाहरू पूर्ववत् रूपमा नै सञ्चालन हुने उनले बताए। मधुमेह र निमोनियाबाट ग्रसित ती पुरुषलाई उपचारका लागि गत असार ८ गते अस्पतालमा भर्ना गरिएको थियो। सघन उपचार कक्षमा उपचारकै क्रममा उनको बुधवार राती साढे ११ बजे मृत्यु भएको थियो। कोरोना पोजेटिभ भएकै अवस्थामा मृत्यु भएका उनी नेपालका २५औँ व्यक्ति हुन्‌ भने गण्डकी प्रदेशका दोस्रा संक्रमित मृतक हुन्। यसअघि गण्डकीमा स्याङ्जाकै वालिङ नगरपालिकाका ५८ वर्षीय कोरोना संक्रमित पुरुषको ज्यान गएको थियो। उनको पनि उपचारकै क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्