Logo
|
Thursday 28th March 2024
Logo

epaper

पाटन अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमतिको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौं । पाटन अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमतिको मृत्युभएको छ। ५० वर्षका एकजना पुरुषको आज बिहान ७ बजे मृत्यु भएको  जिल्ला स्वास्थ्य कार्यलय ललितपुरका प्रमुख डाक्टर खगेन्द्र गेलाल जनकारी दिनुभयो । उहाँका अनुसार मृतकको स्थायी ठेगाना चितवन भएको र उनी ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका टिकाथलीमा बस्दै आएक थिए ।

डा. गेलालका अनुसार ५ महिना अघि ती पुरुषको मिर्गौला प्रत्योपण गरिएको थियो । केही समयमा अघि स्वास्थ्यमा समस्या आएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । नर्भिक अस्पतालले कोरोना भाइरस संक्रमणको आशंका गरी स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । कोरोनाको पुष्टि भएपछि ६ दिनअघि उनलाई नर्भिक अस्पतालबाट पाटन अस्पतालमा सारिएको थियो । कोरोना संक्रमितको बिहान ७ बजे मृत्यु भएको र बिहानै शव पनि व्यवस्थापन भइसककेको डा गेलालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्