Logo
|
Friday 19th April 2024
Logo

epaper

नेपालमा थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११,१६२ पुग्यो, थप दुई जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा बिहिबार थप ४३४ जनामा कोभिड–१९ संक्रमित पुष्टि भएको छ । यो सँगै देशका ७६ जिल्लामा पुष्टि भएका संक्रमितहरुको संख्या ११,१६२ पुगेको छ । जसमा महिला १,१४२ र पुरुष १०,०२० रहेका छन ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार, पछिल्लो २४ घण्टामा ३१२ जना डिस्चार्ज भएका छन । २४ घण्टामा डिस्चार्ज हुनेमध्ये २९३ पुरुष र १९ जना महिला छन ।  योसँगै डिस्चार्ज हुनेको संख्या २,६५० पुगेको छ । उहाँका अनुसार नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट मर्नेहरुको संख्या २६ पुगेको छ ।

गत २४ घण्टामा ६,५४३ को पीसीआर परीक्षण र ४,१६७ को आरडीटी परीक्षण गरिएको छ ।  हालसम्म पीसीआर विधिबाट १,९९,७३७ र आरडीटी विधिबाट २,८७८५३ जनाको नमुना परीक्षण गरिएको छ ।
मुलुकभर ७४,०२२ जना क्वारेन्टाइनमा र ८,४८६ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म ७६ जिल्लामा संक्रमण फैलिएको र देशभरका २४ वटा प्रयोगशालाबाट कोभिड १९ को पीसीआर विधिबाट परीक्षण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्