Logo
|
Friday 26th April 2024
Logo

epaper

‘निर्देशिका विपरितका नमुना संकलन भएमा सम्पूर्ण खर्च अस्पताल आफैले व्यहोर्नु पर्नेछ’-स्वास्थ्य मन्त्रालय



जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालले निर्देशिका विपरित कोरोना भाइरस (कोभिड–१९) को नमूना परीक्षण नगर्न सबै अस्पताललाई निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले विज्ञप्ति सार्वजनिक गर्दै सबै अस्पताललाई निर्देशिका अनुसार नमूना परीक्षणको व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले कोभिड–१९ परीक्षणका लागि विभिन्न कार्यविधि सार्वजनिक गरेको अवगत गराउँदै यस्तो निर्देशन दिएको हो । ‘निर्देशिकामा कोभिड–१९ परीक्षण गर्ने गराउने प्रावधानहरु उल्लेख भएको सन्दर्भमा विभिन्न अस्पतालहरुले निर्देशिका विपरित नमूनाहरु संकलन गर्दै परीक्षणका लागि प्रयोगशालाहरुमा पठाउने गरेको पाइएकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘निर्देशिका अनुसार संकलित नमूनाहरु सम्बन्धित हव अस्पताल प्रमुखहरुले प्रमाणित गरेर मात्र प्रयोगशालामा पठाउनु हुन सबैमा अनुरोध छ’, डा. गुणराज लोहनीले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्देशिका विपरितका कुनै पनि नमुना संकलन भएमा त्यस वापतको भिटिएम, परीक्षणलगायतका सम्पूर्ण खर्च सम्बन्धित अस्पताल आफैले व्यहोर्नु पर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्