Logo
|
Saturday 27th April 2024
Logo

epaper

नेपालमा थप ५९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ११,७५५ पुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा थप ५९३ जनामा कोरोना भाइरस ( कोभिड– १९) संक्रमण पुष्टि भएको छ । यो सँगै देशका ७६ जिल्लामा पुष्टि भएका संक्रमितहरुको संख्या ११,७५५ पुगेको छ । जसमा महिला १२४९ र पुरुष १०,५०६ रहेका छन । बिहिबार ४३४ जनामा संक्रमण देखिएको थियो ।

यसैगरी शुक्रबार ४८ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । जसमा पुरुष ४० र महिला ८ जना रहेका छन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या २,६९८ पुगेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार, कोरोना संक्रमणका कारण नेपालमा थप एकजनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा ७१,०१२ जना बसेका छन भने ९,०३० जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन ।
अहिलेसम्म पीसीआर विधिबाट २,०६,२७१ जना र आरडीटी विधिबाट २,९०,३४९ जनाको नमुना परीक्षण गरिएको छ । विगत २४ घण्टामा ६,५३४ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्