Logo
|
Saturday 20th April 2024
Logo

epaper

‘शरीर स्वस्थ्य हुन मन स्वस्थ्य हुनुपर्छ’-उपसभापति विमलेन्द्र निधि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले शरीर स्वस्थ्य हुन मन स्वस्थ्य हुनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान महिला सशक्तीकरण फोरमले शनिबार यहाँ आयोजना गरेको ‘मानसिक स्वास्थ्य’ विषयक कार्यक्रममा उहाँले मानसिक तनावका कारण मुलुकमा आत्माहत्या बढ्दै गएको बताउनुभएको हो ।

कार्यक्रममा कोरोनाको त्रास, बन्दाबन्दीको समयमा परेको मानसिक तनाब, बाल स्वास्थ्य तथा मातृ शिशु र प्रजननमा परेको असर र बढ्दै गरेको आत्माहत्यालाई लिएर छलफल आयोजना गरिएको थियो । कार्यक्रममा मनोविद् डा छोरी महर्जनले बन्दाबन्दीको समयमा आम मानिसमा बढिरहेको भय, तनाव, विकास भएको निराशा र जीवनप्रतिको उदासिनताका कारण उत्पन्न समस्या र निराकरणका विषयमा विचार प्रस्तुत गर्नुभएको थियो ।

प्रतिष्ठानका सदस्य एवं महिला सशक्तीकरण फोरमका संयोजक डा. आरजु राणा देउवाले मानसिक स्वास्थ्यका बारेमा आम नागरिकमा चेतना फैलाउन जरुरी रहेको उल्लेख गर्नुभयो । काँग्रेसकी केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, नेपाल महिला सङ्घकी अध्यक्ष उमा रेग्मीले मानसिक स्वास्थ्यको बारेमा टिप्पणी गर्नुभएको थियो । प्रतिष्ठानका कार्यकारी निर्देशक प्राध्यापक पुरुषोत्तम दाहालले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्दै लैजाने जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्