Logo
|
Saturday 20th April 2024
Logo

epaper

नेपालमा कोरोनामुक्त हुनेको संख्या ३ हजार नाघ्यो, आइतबार थप ४६३ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १२,७७२



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा थप ४६३ जनामा कोरोना भाइरस ( कोभिड– १९) संक्रमण पुष्टि भएको छ । यो सँगै देशका ७६ जिल्लामा पुष्टि भएका संक्रमितहरुको संख्या १२,७७२ पुगेको छ । जसमा महिला १,४७४ र पुरुष ११,२९८ रहेका छन । शनिबार ५५४ जनामा संक्रमण देखिएको थियो ।

यसैगरी आइतबार १७९ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । जसमा पुरुष १६६ र महिला १३ जना रहेका छन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या ३,०१३ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार, वितेको २४ घण्टामा कोरोना संक्रमणका कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।
हालसम्म क्वारेन्टाइनमा ६१,७३१ जना बसेका छन भने ९,७३१ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन ।
अहिलेसम्म पीसीआर विधिबाट २,१५,८३८ जना र आरडीटी विधिबाट २,९६,७६६ जनाको नमुना परीक्षण गरिएको छ । विगत २४ घण्टामा ४,९६२ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्