Logo
|
Friday 19th April 2024
Logo

epaper

कोरोना संक्रमणबाट ललितपुरमा एक जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, ललितपुर । कोरोना संक्रमणका कारण ललितपुरमा एक जनाको मृत्यु भएको भएको छ। ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख प्रमुख खगेश्वर गेलालका अनुसार ललितपुरस्थित स्टार अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो। शनिबार राति मृत्यु भएका उनको स्वाबको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको उनले बताएका छन्। उनको शव व्यवस्थापन गर्ने तयारी भइरहेको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्