Logo
|
Friday 18th June 2021
E-paper Magazine

सोमबार थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३,२४८



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरस ( कोभिड– १९) संक्रमण पुष्टि भएको छ । यो सँगै देशका ७६ जिल्लामा पुष्टि भएका संक्रमितहरुको संख्या १३,२४८ पुगेको छ । जसमा महिला १,५८६ ७४ र पुरुष ११,६६२ रहेका छन । आइतबार ४६३ जनामा संक्रमण देखिएको थियो ।

यसैगरी सोमबार १२१ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । जसमा पुरुष १०८ र महिला १३ जना रहेका छन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या ३,१३४ पुगेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार, वितेको २४ घण्टामा कोरोना संक्रमणका थप एक जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या २९ पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा ५७३६८ जना बसेका छन भने १०,०८५ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन ।
अहिलेसम्म पीसीआर विधिबाट २,२३,६२९ जना र आरडीटी विधिबाट २,९८,५८८ जनाको नमुना परीक्षण गरिएको छ । विगत २४ घण्टामा ७७९१ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्