Logo
|
Monday 8th March 2021
E-paper Magazine

रामेछाप काठमाडौं पत्रकार समाजद्धारा पत्रकारहरुलाई व्यक्तिगत स्वास्थ्य सुरक्षा सामाग्री वितरण



जनस्वास्थ्य सरोकार, काठमाडौं । रामेछाप काठमाडौं पत्रकार समाजले रामेछापबाट राजधानी आएर पत्रकारिता पेशा अँगालेका पत्रकारहरुलाई ज्याकेट, मास्क ह्यान्ड स्यानिटाइजर, ग्लोब्सलगायतका व्यक्तिगत स्वास्थ्य सुरक्षा सामाग्रीहरु वितरण गरेको छ ।

नेपाललगायत विश्वव्यापीरुपमा फैलिरहेको कोेभिड १९ को जोखिममा आफ्नो ज्यानको बाजी लगाएर राजधानीमा पत्रकारिता पेशामा संलग्न रामेछापका करिब ५० जना भन्दा बढी पत्रकारहरुलाई उक्त व्यक्तिगत स्वास्थ्य सुरक्षा सामाग्रीहरु उपलब्ध गराएको हो ।

असार १५ को अवसर पारेर काठमाडौंको भृकुटी मण्डपमा आयोजना गरिएको सो समारोहमा दही चिउराले पत्रकारहरुलाई स्वागत गरिएको थियो । समाजका अध्यक्ष प्रेम गौतमले भन्नुभयो—‘राजधानी बसेर पत्रकारिता गरिरहेका जिल्लाका पत्रकार साथीहरुलाई एकत्रित गर्दै रामेछापको चौतर्फी विकासमासमेत वकालत गर्दै जाने लक्ष्यका साथ काम भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्