Logo
|
Friday 26th April 2024
Logo

epaper

चीनमा भेटियो अर्को नयाँ भाइरस, जसले ल्याउन सक्छ महामारी !



जनस्वास्थ्य सरोकार, काठमाडौं । चीनका वैज्ञानिकहरुले फ्लूको एक यस्तो नयाँ स्ट्रेन पहिचान गरेका छन् जसमा महामारीको रुप लिने क्षमता छ । हालै प्राप्त जानकारी अनुसार यो स्ट्रेन सुँगुरहरुमा पाइन्छ । तर यसले मान्छेलाई पनि संक्रमित गर्न सक्छ । अन्वेषकहरु यस कुरालाई लिएर चिन्तित छन् कि यो भाइरस आफ्नो स्वरुप परिवर्तन गर्न सक्छ र अर्को एक महामारीको रुप लिन सक्छ ।

यो भाइरसमा सबै लक्षण छ जो मानिसलाई संक्रमित गर्न सक्छ । यसकारण उक्त नयाँ भाइरसपप्रति नजर राख्नु आवश्यक रहेको उनीहरुको भनाइ छ । यो नयाँ भाइरस हो, योसँग लड्न मानिससँग रोग प्रतिरोधात्मक क्षमता नहुने बीबीसीले उल्लेख गरेकाे छ ।

जब संसारभरका विशेषज्ञहरु कोरोना भाइरस अन्त्य गर्नतर्फ लागेका छन् । तैपनि, शीर्ष रोग विशेषज्ञहरु इन्फ्लूएन्जाको नयाँ र खराब तनावहरूप्रति सचेत रहन्छन् । यो नयाँ देखिएकाे भनिएकाे भाइरस तत्कालीन समस्या नभएपनि यसमा पनि ध्यान दिनु आवश्यक रहेको उनीहरु बताउँछन् ।

नेश्नल एकेडेमी अफ साइन्समा वैज्ञानिकले लेखेका छन् कि सुँगुर र  उनको आसपास काम गर्ने मानिसमा भाइरसको नजर राख्ने व्यवस्था तत्काल गर्नुपर्छ । किनकी यो पनि महामारीको स्रोत बन्न सक्छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्