Logo
|
Wednesday 1st May 2024
Logo

epaper

आज थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि,देशभर संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घन्टामा देशभरका २२ प्रयोगशालामा गरिएको परीक्षणमा तीन सय १६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार भएको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या  १३ हजार पाँच सय ६४ पुगेको जानकारी दिए ।  २४ घन्टामा २२ प्रयोगशालामा ४७११ जनाको नमुना परीक्षण भएकाे उनले जानकारी दिए ।  हाल क्वारेन्टाइनमा ५३ हजार ७० जना र संक्रमित भई आइसोलेसनमा बस्नेको संख्या १० हजार तीन सय ४१ जना रहेको गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्