Logo
|
Saturday 20th April 2024
Logo

epaper

संक्रमितमध्ये आधाभन्दा बढी निकाे भए



जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्वभर कोरोना संक्रमित भएकामध्ये आधाभन्दा बढी निको भइसकेका छन् । विश्वभर संक्रमित हुनेको संख्या एक करोड ६ लाख नाघे पनि निको हुनेको संख्या ५८ लाख १२ हजार १० छ । अहिलेसम्म सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । अमेरिकामा २७ लाख २७ हजार नौ सय ९६ संक्रमित भएका छन् ।

मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो 
कोरोना भाइरसबाट संक्रमित भएर विश्वभरि बुधबारसम्ममा पाँच लाखभन्दा बढीको मृत्यु भएको छ ।  विश्व स्वास्थ्य संगठनका अधिकारीहरूले दिएको पछिल्लो विवरणअनुसार संसारभरि मृत्यु भएकाहरूको संख्या पाँच लाख १४ हजार तीन सय २२ रहेको छ ।  कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ३० हजार एक सय २३ पुगेको छ ।

कोरोनाबाट दोस्रो धेरै प्रभावित हुने देशमा अहिले ब्राजिल भएको छ । ब्राजिलमा अहिलेसम्म १४ लाख आठ हजार चार सय ८५ जना सङ्क्रमित भएका छन् भने ५९ हजार ६ सय ५६ जनाको मृत्यु भएको छ ।  त्यसैगरी तेस्रो धेरै प्रभावित भएको रुसमा ६ लाख ५४ हजार चार सय पाँचजना संक्रमित हुँदा नौ हजार पाँच सय ३६ जनाको मृत्यु भएको छ ।  संक्रमितहरूको संख्याका आधारमा चौथोमा भारत, पाँचौँमा बेलायत, छैटाैँमा स्पेन, सातौँमा पेरू, आठौँमा चिली, नवौँमा इटाली र दशौँमा इरान रहेका छन् ।  कोरोनाका कारण विश्वभरि सङ्क्रमितहरूको संख्यामा कमी नआए पनि मानवीय गतिविधिहरूमा वृद्धि हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्