Logo
|
Sunday 25th July 2021
E-paper Magazine

नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो, बुधबार थप ४८२ जनामा संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा थप ४८२ जनामा कोरोना भाइरस ( कोभिड– १९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितहरुको संख्या १४,०४६ पुगेको छ ।

यसैगरी बुधबार १,४६२ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या ४,६५६ पुगेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार, वितेको २४ घण्टामा कोरोना संक्रमणका थप एक जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा ४८,३६२ जना बसेका छन भने ९,३६० जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन ।
अहिलेसम्म पीसीआर विधिबाट २,३३,२२७ जनाको नमुना परीक्षण गरिएको छ । विगत २४ घण्टामा ४,८८६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्