Logo
|
Thursday 25th April 2024
Logo

epaper

गण्डकी प्रदेशमा थप ८ जनामा संक्रमण, संक्रमितको संख्या १ हजार १४ पुग्यो



जनस्वास्थ्य सरोकार, कास्की । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार संक्रमित हुनेहरुमा बाग्लुङका १, तनहुँका ३, स्याङजाका २ र पर्वतका २ जना रहेका छन् ।

संक्रमितलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेशनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक डा. शर्माले जनाकारी दिए । यो सँगै गण्डकीमा संक्रमितको संख्या हालसम्म १ हजार १४ पुगेको छ ।

यसैगरी हालसम्म प्रदेशमा कोरोना संक्रमण निको हुनेको संख्या २८७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

यसैगरी गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु समेत भएको छ । स्याङ्जाको वालिङ नगरपालिकाका ५८ वर्षिय एक पुरुष र आँधिखोला गाउँपालिकाको पञ्चमुलका ५५ वर्षिय १ पुरुष सहित २ जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्