Logo
|
Friday 19th April 2024
Logo

epaper

त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमणका कारण शिशुको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ४५ दिनको शिशुको कोरोना संक्रमणका कारण बुधवार साँझ निधन भएको छ। म्याग्दीका शिशुलाई करिब दुई साता अगाडि अस्पताल भर्ना गरिएको शिक्षण अस्पतालका कार्यकारी निर्देशक डाक्टर रोहित पौडेलले जानकारी दिनुभयो ।  जन्मजात स्वासप्रस्वासको समस्या रहेका शिशुमा केही दिन अघिमात्र संक्रमण पुष्टि भएको त्रिवि शिक्षण अस्पताल कोरोना ब्यवस्थापन समितका संयोजक सन्तोष कुमार दासले जानकारी दिनुभयो । मृतक शिशुका आमा, बुबा र फुपुको नमुना संकलन गरी परीक्षणको काम भइरहेको उहाँको भनाई छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्