Logo
|
Friday 19th April 2024
Logo

epaper

नेपालमा कोरोनामुक्त हुनेको संख्या ५ हजार नाघ्यो, थप ४७३ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १४, ५१९



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा थप ४७३ जनामा कोरोना भाइरस ( कोभिड– १९) संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितहरुको संख्या १४, ५१९ पुगेको छ । यसैगरी विहिबार ६६४ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या ५,३२० पुगेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार, वितेको २४ घण्टामा कोरोना संक्रमणका थप एक जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा ३८,१०९ जना बसेका छन् भने १०,१३७ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन ।
अहिलेसम्म पीसीआर विधिबाट २,३७,७६४ जनाको नमुना परीक्षण गरिएको छ । विगत २४ घण्टामा ४,५३७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्