Logo
|
Saturday 20th April 2024
Logo

epaper

काठमाडौं उपत्यकामा थप ३२ जनामा कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं उपत्यकामा आज (बिहीबार) ठूलो संख्यामा कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं जिल्लामा २८, ललितपुरमा २, भक्तपुरका २ जनामा कोरोना संक्रमण फेला परेको जानकारी दिएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएका ४७३ जनामध्ये ३२ जना काठमाडौं उपत्यकाका हुन् । आज थपिएका ४७३ जनामध्ये १०९ महिला र ३६४ पुरुष रहेका छन् । हिजो (बुधबार) काठमाडौं १७ जनामा कोरोना भाइरस संक्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्