Logo
|
Friday 19th April 2024
Logo

epaper

नेपालमा एकै दिनमा भेटिए ७४० कोरोना संक्रमित, संक्रमितको सँख्या १५ हजार नाघ्यो



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा शुक्रवार थप ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको  छ । शुक्रवार देखिएको संक्रमित हुनेको संख्या हालसम्मकै उच्च हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शुक्रवार थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सँख्या ३२ पुगेको छ । विगत २४ घण्टामा ८२३ जना कोरोनामुक्त भएका छन्। उनका अनुसार विगत २४ घण्टामा ४ हजार ४८३ जनाको पीसीआर परीक्षण गरिएको छ । त्यसैगरी हालसम्म २ लाख ४२ हजार बढीको पीसीआर परीक्षण भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्