Logo
|
Friday 29th March 2024
Logo

epaper

भारतमा एकै दिन २४ हजारमा कोरोना संक्रमण, ६१० जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौं । छिमेकी देश भारतमा पनि कोरोना संक्रमण दिनहुँ भयावह रुपमा बढिरहेको छ । हिजो (शनिबार) भारत कोरोनाबाट सबैभन्दा बढी मानिसको मृत्यु हुने देशको तेस्रो स्थानमा पुगेको छ ।

कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा भारतमा ६१० जनाले ज्यान गुमाएका छन् । गएको २४ घण्टामा कोरोना संक्रमणबाट सबैभन्दा धेरै ब्राजिलमा एक हजार १११ जनाले ज्यान गुमाएको वल्र्डओमिटरले जनाएको छ । यस्तै मेक्सिकोमा ६५४ जनाले ज्यान गुमाए ।

भारतमा शनिबार एकै दिन २४ हजार २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा संक्रमितको संख्या ६ लाख ७३ हजार ९०४ पुगेको छ । भारतमा अहिलेसम्म कोरोनाबाट १९ हजार २७९ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा विश्वभर चार हजार ४८४ जनाले ज्यान गुमाएका छन् । पछिल्लो समय अमेरिकामा कोरोनाबाट हुने मृत्युदरमा उल्लेख्य मात्रामा कमी आउन थालेको छ ।

अमेरिकामा गएको २४ घण्टामा २४९ जनाले मात्र ज्यान गुमाएका छन् । त्यस्तै रुसमा १६९, पेरुमा १८६, चिलीमा १४१, इरानमा १४८, कोलम्बियामा १६५, इरानमा १०६, पाकिस्तानमा ६८ जनाले ज्यान गुमाएका छन् ।

आज (आइतबार) विहानसम्मको तथ्याङ्क अनुसार विश्वभर अहिलेसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच लाख ३२ हजार ८५६ पुगेको छ भने संक्रमितको संख्या एक करोड १३ लाख ७१ हजार ४०७ पुगेको छ । गएको २४ घण्टामा विश्वभर गरेर एक लाख ८८ हजार ८३१ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये अहिलेसम्म ६४ लाख भन्दा धेरै उपचारपछि निको भएका छन् ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्