Logo
|
Wednesday 24th April 2024
Logo

epaper

काठमाडौं उपत्यकामा ३० सहित थप २९३ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १५,७८४ पुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा थप २९३ जनामा कोरोना भाइरस ( कोभिड– १९) संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितहरुको संख्या १५,७८४ पुगेको छ । यसैगरी आइतबार १३२ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या ६,५४७ पुगेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार नेपालमा हालसम्म कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।  पछिल्लो २४ घण्टामा देशभरका २५ प्रयोगशालामा ४ हजार ७ सय १० जनाको पीसीआर परीक्षण गरिएको छ । अहिलेसम्म देशभर साढे २ लाख बढीको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्