Logo
|
Friday 19th April 2024
Logo

epaper

सोमबार थप १८० जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितहरुको संख्या १५,९६४



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा थप १८० जनामा कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितहरुको संख्या १५,९६४ पुगेको छ ।

यसैगरी सोमबार २६४ जना कोरोनामुक्त भएर घर फर्किएका छन । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या ६,८११ पुगेको छ ।, मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार नेपालमा हालसम्म कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा २९,२१५ जना बसेका छन भने ९,११८ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन ।
विगत २४ घण्टामा देशभरका २५ प्रयोगशालाबाट ४,७२१ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्