Logo
|
Friday 19th April 2024
Logo

epaper

उपत्यकामा कोरोना संक्रमण बढ्दो, सोमबार मात्रै ५४ मा पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार लकडाउन केही खुकुलो भएसँगै उपत्यकामा संक्रमितको संख्या बढ्दै गएको हो ।
सोमबार मात्रै उपत्यकाभित्र ५४ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना रहेका छन् । देशभर आजमात्रै १ सय ८० जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म देशभर संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।

त्यस्तै बागलुङको मुसिखोला ३ का २९ वर्षिय पुरुषको २१ गते क्वारेन्टाइनमा कोरोनाकै कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । भारतबाट क्षयरोगको उपचार गरेर फर्किएका उनको ढोरपाटन नगरपालिकाको क्वारेन्टानमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै देशभर कोरानाका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ । सोमबार २ सय ६४ जना संक्रमित निको भएर घर फर्किएका छन् । सोमबारसम्म संक्रमण मुक्त भएर ६ हजार ८ सय ११ जना डिस्चार्ज भएका छन् ।

त्यस्तैगरी पछिल्लो २४ घण्टामा ४ हजार ७ सय २१ पीसीआर परीक्षण गरिएको छ । अहिलेसम्म देशभर पीसीआर विधिबाट २ लाख ५५ हजार ७ सय २७ परीक्षण गरिएको छ । भने ३ लाख ११ हजार ७ सय २४ आरडीटी परीक्षण गरिएको छ । अहिले देशभरीका क्वारेन्टाइनहरुमा २९ हजार २ सय १५ जना रहेका छन् । देशका विभिन्न अस्पतालका आइसोलेसनमा ९ हजार १ सय १८ जना संक्रमित उपचाररत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्