Logo
|
Wednesday 24th April 2024
Logo

epaper

बागलुङमा थप १२ जना कोरोना जितेर घर फर्किए



जनस्वास्थ्य सरोकार, बागलुङ ।  बागलुङमा थप १२ जनाले कोरोनामाथि विजय हासिल गरेका छन् । धौलागिरी अञ्चल अस्पतालको आईशोलेसनमा रहेका ८ जना र धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आइसोलेसनमा रहेका ४ जना कोरोना जितेर घर फर्किएका हुन् । यससँगै जिल्लामा कोरोना जितेर घर फर्किनेको संख्या १ सय १० पुगेको छ । उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि आईशोलेशनबाट डिस्चार्ज गरी घर फर्काइएको अस्पतालले जनाएको छ । घर फर्किनेमा काठेखोला गाउँपालिकाका ५ जना ताराखोला गाउँपालिकाका २ जना, गलकोट नगरपालिकाका २ जना, बागलुङ नगरपालिका २ जना र बरेङ गाउँपालिकाका एक जना रहेको अस्पतालका निमित्त मेसु डा. शैलेन्द्र वि. पोखरेलले बताए ।   उनीहरु मध्ये अधिकांश दुई साता मात्रै अस्पतालमा बसेका थिए । गलकोटका दुई युवा भने एक महिनासम्म आइसोलेसन बसेका थिए ।  अधिकांशको दोश्रो पटकको पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो भने गलकोटका युवाको तेस्रोपटकमा नेगेटिभ आएको अस्पतालले जनाएको छ । उनीहरुको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि आइसोलेसनबाट डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।  हाल ९८ जना आइसोलेसनमा छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय प्रमुख गुरौले बताए ।

प्रतिक्रिया दिनुहोस्