Logo
|
Saturday 27th April 2024
Logo

epaper

काठमाडौं उपत्यकामा थपिए २८ जना कोरोना संक्रमित



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार २८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरमा २८ जना नयाँ संक्रमित थपिएका हुन्।  गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका एकजनामा कोरोना पुष्टि भएको छ।  त्यसैगरी पाटन अस्पतालको ल्याबमा गरिएको परीक्षणमा काठमाडौंका १२ जना, भक्तपुरका ४ जना र ललितपुरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको परीक्षणबाट काठमाडौंका थप एकजनामा कोरोना पुष्टि भएको छ। सोमबार काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा धेरै ५४ जनामा कोरोना देखिएको थियो। देशका अन्य भागमा कोरोना संक्रमित घट्दै गर्दा काठमाडौंमा भने कोरोनाको ग्राफ उकालो लागिरहेको छ।

प्रतिक्रिया दिनुहोस्