Logo
|
Friday 19th April 2024
Logo

epaper

नेपालमा कोरोनामुक्त हुनेको सँख्या ७,७५२ पुग्यो, बुधबार थप २५५ जनामा संक्रमण पुष्टी, संक्रमितहरुको संख्या १६,४२३



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितहरुको संख्या १६,४२३ पुगेको छ ।
यसैगरी बुधबार २९३ जना कोरोनामुक्त भएर घर फर्किएका छन । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या ७,७५२ पुगेको छ । मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार, वितेको २४ घण्टामा कोरोना संक्रमणका थप एक जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।
हालसम्म क्वारेन्टाइनमा २५,०४० जना बसेका छन भने ८,६३६ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेका मध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन ।
अहिलेसम्म पीसीआर विधिबाट २,६६,५६७ जनाको नमुना परीक्षण गरिएको छ । विगत २४ घण्टामा ४,६९६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्