Logo
|
Saturday 30th March 2024
Logo

epaper

सरकारले कोरोना परीक्षणको दायरा बढाउदै, उपत्यकामा एक सातामा ४५ हजार नमुना संकलन गरिने



जनस्वास्थ्य सरोकार, काठमाडौं ।  काठमाडौं उपत्यकामा कोरोना संक्रमण फैलिएसँगै सरकारले परीक्षणको दायरा बढाउने भएको छ । स्वास्थ्य सचिव लक्ष्मण अर्यालले चार महिनाका लागि पुग्ने परीक्षण किट भएको जानकारी दिँदै उपत्यकाको अवस्था बुझ्न परीक्षण दायरा बढाउने जानकारी दिए ।

उनले उपत्यकाको अवस्था बुझ्न एक हप्ताभित्र कम्तीमा ४५ हजार नमुना संकलन गर्न निर्देशन दिएको बताए । ‘४५ हजारको परीक्षण गर्दा उपत्यकाको एउटा फिगर अनुमान गर्न सकिन्छ,’ उनले भने, ‘मैले सबै निर्देशन दिइसकेको छु । यदि टार्गेटअनुसार र समयमा काम भएन भने जिम्मेवार कर्मचारीमाथि कारबाही हुनेछ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.वासुदेव पाण्डेले उपत्यकामा बिहीबारदेखि नमुना संकलनको संख्या बढाउने जानकारी दिए । नेपालका ९४ प्रतिशत संक्रमित बाहिरबाट आएका छन् ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार एक लाख ९५ हजार पिसिआर किट केन्द्रमा मौज्दात छ । आरएनए एक्स्ट्राक्सन किटको संख्या एक लाख चार हजार र भिटिएम ७८ हजार आठ सय ६९ मौज्दात छ । केन्द्रको अनुमतिमा आवश्यकताअनुसार प्रदेश र स्थानीय तहले समेत भिटिएम खरिद गरेका छन् । जनमुक्ति हेल्थकेयरले एक लाख बढी किट दिन बाँकी छ । त्यसैगरी, युनिसेफ र विश्व बैंकबाट साढे तीन लाख किट आउँदै छ । नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्