Logo
|
Friday 26th April 2024
Logo

epaper

मन्त्रिपरिषद बैठकमै बेहोस भएका आइभरी कोष्टका प्रधानमन्त्रीको निधन



जनस्वास्थ्य सरोकार ,आइभरी कोष्ट । मन्त्रिपरिषद बैठकमा नै विरामी परेका आइभरी कोष्टका प्रधानमन्त्री अमाडौ गोन काउलीबलीको निधन भएको छ । ६१ वर्षीय काउलीबलीलाई बैठकमा बसेका बेला एक्कासी स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएको थियो ।

आगामि अक्टोबरमा हुने राष्ट्रपतीय निर्वाचनका लागी काउलीबली प्रमुख दाबेदार हुनुहुन्थ्यो । फ्रान्समा दुइ महिना लामो मुटु सम्बन्धी उपचार पछि हालै आइभरी कोष्टका प्रधानमन्त्री मुलुक फर्कनुभएको थियो ।

मन्त्रिपरिषद बैठकमा स्वास्थ्यमा समस्या आएपछि काउलीबलीलाई अस्पताल लगिएको थियो । प्रधानमन्त्रीको निधन पछि आइभरी कोष्टमा हुने निर्वाचन समेत अन्यौल बनेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्