Logo
|
Thursday 28th March 2024
Logo

epaper

काठमाडौंमा ५ सहित थप १०८ जना कोरोना संक्रमण पुष्टी, संक्रमितहरुको संख्या १६,५३१ पुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा थप १०८ जनामा कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितहरुको संख्या १६,५३१ पुगेको छ ।

यसैगरी विहिबार १३९ जना कोरोनामुक्त भएर घर फर्किएका छन । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या ७,८९१ पुगेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार नेपालमा हालसम्म कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा २४,४२५ जना बसेका छन भने ८,६०५ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन ।
अहिलेसम्म पीसीआर विधिबाट २,७१,१५५ जनाको नमुना परीक्षण गरिएको छ । विगत २४ घण्टामा ४,५८८ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्