Logo
|
Saturday 20th April 2024
Logo

epaper

नेपालमा कोरोनामुक्त हुनेको संख्या ८ हजार नाघ्यो, शुक्रबार थप ११८ जना संक्रमण पुष्टी

संक्रमितहरुको संख्या १६,६४९ पुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा थप ११८ जनामा कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितहरुको संख्या १६,६४९ पुगेको छ ।

यसैगरी विहिबार १२० जना कोरोनामुक्त भएर घर फर्किएका छन । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या ८,०११ (४८.१ प्रतिशत) पुगेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार नेपालमा हालसम्म कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा २३,९१० जना बसेका छन भने ८,६०३ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन ।
अहिलेसम्म पीसीआर विधिबाट २,७५,९५१ जनाको नमुना परीक्षण गरिएको छ । विगत २४ घण्टामा ४,८०६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्