Logo
|
Friday 29th March 2024
Logo

epaper

बलिउड महानायक अमिताभ बच्चन र छोरा अभिषेकलाई कोरोना संक्रमण पुष्टि

कोरोना संक्रमणपछि अमिताभले अस्पतालबाटै गरे स्वास्थकर्मीको तारिफ



जनस्वास्थ्य सरोकार, काठमाडौंँ । बलिउड महानायक अमिताभ बच्चनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।  कोरोना संक्रमण देखिएपछि उनी शनिबार  राति नै मुम्बईस्थित नानावती अस्पताल भर्ना भएका छन् ।  अस्पतालमा भर्ना भएका अमिताभले तस्वीर र भिडियो शेयर गरेका छन् । उनले अस्पतालबाटै स्वास्थकर्मीको मनोबल उच्च बनाएका छन् । उनले भिडियोमा सोधेका छन् थाहा छ आजभोलि किन मन्दिरहरु बन्द छन रु ।

उनले स्वास्थकर्मीहरु सबै ईस्वरको रुप भएको बताएका छन् । उनले स्वास्थकर्मीको मनोबल उच्च बनाउदै तपाईहरु जीवनदायी बनेको बताएका छन् ।  यस्तै अमिताभका छोरा तथा अभिनेता अभिषेकलाई पनि कोरोना संक्रमण देखिएको छ ।

ऐश्वर्या राय बच्चनको कोरोना रिपोर्ट आयो

बलिउड अभिनेत्री तथा १९९४ कि विश्वसुन्दरी ऐश्वर्या राय बच्चन र जया बच्चनको कोरोना भाइरस ‘कोभिड – १९’ को परिक्षण रिपोर्ट नेगेटिभ आएको छ। समाचारमा जनाईएअनुसार परिवारका दुई सदस्यमा कोरोना देखिएपछि परिवारको जाँच गरिएकोमा एन्टीबडी जीनको जाँचमा रिपोर्ट नेगेटिभ आएको र स्वाबको रिपोर्टको पर्खाईमा रहेको जनाईएको छ । बलिउड महानायक अमिताभ बच्चन र छोरा अभिषेक बच्चनलाई हिजो शनिबार कोरोना संक्रमण देखिएपछि ऐश्वर्या र जयासहित परिवारका सबै सदस्य तथा कर्मचारीको कोरोना परीक्षण गरिएको थियो। भारतीय सञ्चारमाध्यमले दिएको खबरअनुसार उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो ।

प्रतिक्रिया दिनुहोस्