Logo
|
Friday 26th April 2024
Logo

epaper

नेपालमा थप १०१ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितहरुको संख्या १७,४४५ पुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा थप १०१ जनामा कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितहरुको संख्या १७,४४५ पुगेको छ ।

यसैगरी बिहिबार २८५ जना कोरोनामुक्त भएर घर फर्किएका छन । यो सँगै मुलुकमा कोरोनासंक्रमणबाट निको हुनेहरुको संख्या ११,५३४ (६६.१२ प्रतिशत) पुगेको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार नेपालमा हालसम्म कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।

हाल क्वारेन्टाइनमा बस्नेको संख्या २२,७५६ रहेको छ भने ५,८७१ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन् । विगत २४ घण्टामा देशभरका २७ ओटा प्रयोगशालामा ४,६८८ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्