Logo
|
Thursday 25th April 2024
Logo

epaper

अब ह्याम्स अस्पतालमा ५ हजार ५ सयमै कोरोना परीक्षण [विज्ञप्ती सहित]



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँको धुम्वाराहीस्थित ह्याम्स अस्पतालमा अबदेखि ५ हजार ५ सयमा नै कोरोनाभाइरस (कोभिड १९) पिसिआर परीक्षण सुरु भएको छ ।
अस्पतालले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै नेपाल सरकारद्धारा तोकिएको शुल्क ५,५०० मा पिसिआर परीक्षण सुरु भएको जानकारी दिएको हो ।

अब अस्पताल आइपुगेका आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामीहरुको कोरोना परीक्षण तत्काल हुने र बिरामीहरुले पिसिआर रिपोर्टकाल लागि ४-५ दिन कुर्नुपर्ने समस्याको अन्य भएको अस्पतालका कार्यकारी निर्देशक एवं वरिष्ठ मुटु शल्यचिकित्सक ज्योतिन्द्र शर्माले बताउनुभयो ।

अस्पतालका अध्यक्ष आर.एस.भण्डारीले भन्नुभयो—‘ह्याम्स अस्पतालले नेपाल सरकार स्वास्थ्य मन्त्रालयको मापदण्ड पूर्ण रुपमा पूरा गरेको छ र अस्पताल भवन भन्दा बाहिरको छुट्टै भवनमा स्थापना गरेको आइसोलेसन सेन्टरभित्र कोभिड—१९ पिसिआर परीक्षण सेवा नेपाल सरकार स्वास्थ्य मन्त्रालयको स्वीकृति प्राप्त गरी सेवा शुरु गरेको जानकारी गराउँदछौं ।’

 

प्रतिक्रिया दिनुहोस्