Logo
|
Thursday 25th April 2024
Logo

epaper

नेपालमा थप २१० जनामा कोरोनासँक्रमण पुष्टि, कोरोनामुक्त हुनेको सँख्या १४ हजार नाघ्यो



जनस्वास्थ्य सरोकार काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २१० जना कोरोना संक्रमित थपिएका छन । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १४१ जना संक्रमित निको भएर घर फर्किएका छन । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार २१ पुगेको छ ।

हाल १४ हजार ४७१ जना क्वारेन्टाइनमा रहेका छन भने ५ हजार ३६० जना आइसोलेसनमा रहेका छन । वितेको २४ घण्टामा ६ हजार ३७ सय जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । प्रा. डा. गौतमका अनुसार नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्