Logo
|
Friday 19th April 2024
Logo

epaper

बारा र पर्सामा चार स्वास्थ्यकर्मी सहित ५३ जनामा कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार, वीरगन्ज । बारा र पर्सामा चार स्वास्थ्यकर्मी सहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार राती ५३ जनामा कोरोना पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

नयाँ संक्रमितमध्ये ३ जना बारा र बाँकी सबै पर्साका हुन् । डा. उपाध्यायका अनुसार पर्साका दुई चिकित्सक र बाराका २ स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना विशेष अस्पताल गण्डकको आइसोलेसन वार्डमा ६० जना संक्रमितको उपचार भइरहेकाले बुधबार थपिएका ५३ जनालाई घरमै बस्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्