Logo
|
Wednesday 24th April 2024
Logo

epaper

काठमाडौं उपत्यकाभित्र मास्क नलगाई हिंडे १ सय रुपैयाँ जरिवाना



जनस्वास्थ्य सरोकार, काठमाडौ । गृहमन्त्रालयले मास्क नलगाई हिंड्नेलाई कारबाही गर्न निर्देशन दिएपछि अहिले सर्वसाधारणहरु धमाधम कारबाहीमा पर्न थालेका छन् ।  बुधवार मात्र ललितपुर प्रहरीले सार्वजनिक स्थलमा मास्क नलगाई हिंड्ने ३८ जनालाई कारबाही गरेको जानकारी दिएको छ।

उनीहरुलाई एक सय रुपैयाँ जरिवाना तिराएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी तुलबहादुर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो- ‘केही दिन माइकिङ गरेर जानकारी दिएका थियौं। त्यसपछि कारबाही गरेका हौं। कतिपय मास्क नहुनेलाई मास्क दिएका पनि छौं।’

त्यस्तै प्रहरीले १ सय ६६ जनालाई सम्झाएर पठाएको छ।

प्रतिक्रिया दिनुहोस्