Logo
|
Friday 19th April 2024
Logo

epaper

गंगालालका २ बिरामीमा कोरोना संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ ।  पूर्व तयारी विना नै लकडाउन खोल्दा काठमाडौ लगायत देशका ठूला शहर भित्र रहेका अस्पताल, चिकित्सक, स्वास्थ्यकर्मी, बिरामी, सरकारी कार्यालय, जेलर,कैदी बन्दी, प्रहरी, सर्वसाधारण जनता कोरोना संक्रमणको मारमा पर्दैछन् ।

बुधबार काठमाडौमा १ जनामा कोरोना संक्रमण पुष्टि भएका मध्ये काठमाडौंको बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा उपचाररत दुई जना बिरामी समेत रहेका छन् । अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीका अनुसार कोरोना संक्रमित मध्ये एकजना काठमाडौकै स्थायि वासिन्दा भएको र एकजना जनकपुरबाट उपचारका लागि आएका बिरामी रहेका छन् ।

गंगालालमा यस अघि पनि पटक पटक बिरामीमा कोरोना संक्रमण देखिदै आएको र अस्पतालले विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तय गरेको गाईड लाईनका आधारमा बिरामीको उपचार गर्दै आएकाले थप अन्य बिरामीमा भने खतरा कम हुने डा.अधिकारी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ शुरुका दिन देखिनै हामीले पूर्ण रुपमा सावधानी अपनाउदै आएका छौ ।

उपचारका लागि अस्पताल आउँने बिरामीले आफ्नो सुरक्षा अपनाएर सुरक्षित तरिकाले अस्पताल आएर सेवा लिन सक्ने वातावरण अस्पतालमा रहेको पनि उहाँले जानकारी गराउनुभयो । यस्तो महामारीको बेलामा सरकार, अस्पताल, सर्वसाधारण व्यक्ति, बिरामी सबैले एक भएर सुरक्षा अपनाएको खण्डमा डराउँनु पर्दैन् । गंगालालमा यस अघि पनि बिरामीमा कोरोना संक्रमण भएको र उहाँहरुलाई थप सुरक्षा अपनाई उपचार गरि सकुशल घरफर्काई सकेको डा.अधिकारीले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्