Logo
|
Wednesday 24th April 2024
Logo

epaper

काठमाडौँ उपत्यकामा ४५ सहित देशभर थपिए २७४ जना कोरोना सँक्रमित, थप तिन जनाको मृत्यु



जनस्वास्थ्य सरोकार काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २७४ जना कोरोना संक्रमित थपिएका छन । जसमा काठमाडौंका ४१, भक्तपुर र ललितपुका २–२ जना समेत रहेका छन् ।  यो सँगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २२७ जना संक्रमित निको भएर घर फर्किएका छन । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ पुगेको छ ।

हाल १३ हजार २०१ जना क्वारेन्टाइनमा रहेका छन भने ५ हजार २२७ जना आइसोलेसनमा रहेका छन । वितेको २४ घण्टामा ६ हजार ३०४ सय जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । प्रा. डा. गौतमका अनुसार नेपालमा कोरोनासंक्रणकारण थप तिन जनाको ज्यान गएको छ । यो सँगै मृत्युहुनेको संख्या ५२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्