Logo
|
Friday 29th March 2024
Logo

epaper

महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई जना प्रहरीमा कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई जना प्रहरीमा कोरोनाभाइरस संक्रमण देखिएको छ । उनीहरुमा कोरोनाभाइरस संक्रमण भएको आशंकामा स्वाब लिएर परीक्षण गरिएको थियो ।

परीक्षणको रिपोर्ट पोजेटिभ आएसँगै उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी कार्य सुरु गरिएको छ ।  उनीहरु दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उनीहरुले काम गरेको शाखा सिल गर्ने तयारी भएको छ । उनीहरुलाई अब अस्पतालमा राखेर उपचार गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्