Logo
|
Friday 26th April 2024
Logo

epaper

विराटनगरमा १४ दिन लकडाउनको घोषणा



जनस्वास्थ्य सरोकार, मोरङ । विराटनगर महानगरपालिकामा कोरोना भाइरस (कोभिड– १९) बाट संक्रमितको संख्या एक सय नाघेको छ । शुक्रबार थप १० जनामा संक्रमण पुष्टि भएसँगै विराटनगरमा संक्रमितको संख्या १ सय ७ पुगेको हो ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीकाअनुसार शुक्रबार विराटनगर–५ का २ जना, विराटनगर–२ का २ जना, ६ का १ जना, ११ का २ जना, १२ का २ जना १७का २ जना र अन्य १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितको संख्या बढ्दै गएपछि विराटनगर महानगरपालिकाले १४ दिने लकडाउनको घोषणा गरेको छ । महानगरमा शुक्रबार राति १२ बजेदेखि दुई सातासम्मका लागि लकडाउन गरिएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिए ।

महानगरपालिकाले यसअघि नै लकडाउन गर्न जोड गरेपनिप्रदेश सरकारले अनुमति नदिएको आरोप लगाउँदै आएको थियो । शुक्रबार सामाजिक विकास मन्त्रालयमा बसेको बैठकले कोरोना रोकथामका लागि प्रदेश सरकारले स्थानीयतहरुलाई आवश्यकता अनुसार कदम चाल्न सक्ने गरी बाटो खोलिदिए पछि महानगरले लकडाउनको घोषणा गरेको हो ।

सामाजिक विकास मन्त्रीजीवन घिमिरेले परिस्थितिको विश्लेषण गरी स्थानीयतहहरु आफैंले लकडाउन गर्नसक्ने बताएका छन् । महानगरमा कन्ट्याक्ट ट्रेसिङका क्रममा यात्रा विवरण नखुलेका संक्रमित भेटिएपछि संक्रमण समुदायस्तरमा फैलिएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्