Logo
|
Friday 19th April 2024
Logo

epaper

देशभर थपिए २२४ जना कोरोना सँक्रमित, संक्रमितहरुको सँख्या १९७७१ पुग्यो



जनस्वास्थ्य सरोकार काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २२४ जना कोरोना संक्रमित थपिएका छन । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १५१ जना संक्रमित निको भएर घर फर्किएका छन । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ३९९ पुगेको छ । हाल १२ हजार १११ जना क्वारेन्टाइनमा रहेका छन भने ५ हजार ३१६ जना आइसोलेसनमा रहेका छन ।
वितेको २४ घण्टामा १० हजार ७६८ सय जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । प्रा. डा. गौतमका अनुसार नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्