Logo
|
Thursday 18th April 2024
Logo

epaper

रुसले आगामी अक्टोबर महिनासम्म कोरोनाको भ्याक्सिन उपलब्ध गराउने



जनस्वास्थ्य सरोकार, काठमाडौँ ।  रुसले कोरोना भाइरसको भ्याक्सिनको क्लिनिकल परीक्षण सफलतापूर्वक सकिएको घोषणा गरेसँगै अक्टोबरबाट सर्वसाधारणलाई खोप लगाउने योजना बनाएको छ । रुसी स्वास्थ्यमन्त्री मिखायल मुरास्कोले खोप रुसी जनतालाई लगाउने योजना खुलाएका हुन् ।रुसी समाचार संस्था तासका अनुसार जनसाधारणका लागि खोप निःशुल्क उपलब्ध हुनेछ ।

मन्त्री मुरास्कोले खोप लगाउनका लागि केही नयाँ प्रणाली विकास गर्नुपर्ने भएकाले अक्टोबरमा मात्र खोपको कार्यक्रम रहने बताएका छन् । स्वास्थ्यकर्मी र कोभिड १९ विरुद्ध अग्रपंक्तिमा रहेकाका लागि भ्याक्सिन यसै महिनाभित्र प्रयोगमा ल्याइनेछ ।यसअघि रुसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादन गर्नेतर्फ लागेको खुलेको थियो । उसले कोरोना भाइरसविरुद्धको भ्याक्सिनको क्लिनिकल परीक्षण सकेको घोषणा गरेको थियो । रुसी स्वास्थ्य मन्त्री मिखायल मुरास्कोले हिजो औपचारिक रुपमा यसबारे जानकारी दिएका थिए ।

गामेलिया साइन्टिफिक रिसर्च इन्स्टिच्युट अफ इपिडिमिलोजी एन्ड माइक्रोबायोलोजीद्वारा विकास गरिएको भ्याक्सिनको क्लिनिकल परीक्षण सकिएसँगै यसको वैधानिक दर्ता प्रक्रिया बढाइएको मन्त्री मुरास्कोले बताएका थिए ।

रुसले अन्य प्रतिष्पर्धी देशका कम्पनिलाई पछि पारेर भ्याक्सिन विकासमा बाजी मारेको छ । सँसारभर क्लिनिकल परीक्षणमा सबैभन्दा अगाडि चारवटा कम्पनि रहेकोमा गेमिली पनि हो । गामेलियाबाहेक युरोपको अक्सफोर्ड आस्ट्राजेनेका, अमेरिकाको मोर्डना र पिफिजर कोरोना खोप विकासको दौडमा अगाडि छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्