Logo
|
Wednesday 24th April 2024
Logo

epaper

कोरोना भाइरस संक्रमणका कारण भारतमा एक प्रदेश मन्त्रीको मृत्यु



जनस्वास्थ्य सरोकार, नयाँदल्ली । कोरोना भाइरस संक्रमणका कारण भारतमा एक प्रदेश मन्त्रीको मृत्यु भएको छ । कोरोना संक्रमणबाट उत्तर प्रदेश मन्त्रिपरिषदकी मन्त्री कमला रानी वरुणको निधन भएको बीबीसी हिन्दीले जनाएको छ । उनलाई गत जुलाई १८ तारिख कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि मन्त्री कमलालाई लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो । तर उपचारकै क्रममा आइतबार बिहान उनको निधन भएको बीबीसी हिन्दीले लेखेको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले मन्त्री कमलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । यसैकारण उनले आइतबार अयोध्या जाने कार्यक्रम समेत स्थगन गरेका छन् ।

कमला उत्तर प्रदेश (यूपी) सरकारकी शिक्षामन्त्री थिइन् । सन् २०१७ मा भारतीय जनता पार्टीले उनलाई कानपुरको घाटमपुरबाट निर्वाचनमा उम्मेदवार बनाएको थियो । उनी त्यहाँबाट जित्ने पार्टीको पहिलो विधायक बनेकी थिइन् । त्यसपछि गत वर्ष मात्र उनलाई मन्त्री बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्