Logo
|
Thursday 25th April 2024
Logo

epaper

देशभर थपिए ४१८ जना कोरोना सँक्रमित, संक्रमितहरुको सँख्या २०७५० पुग्यो



जनस्वास्थ्य सरोकार काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४१८ जना कोरोना संक्रमित थपिएका छन । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३५८ जना संक्रमित निको भएर घर फर्किएका छन । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ९६१ पुगेको छ । हाल १० हजार भन्दा बढी मानिसहरु क्वारेन्टाइनमा रहेका छन भने ५ हजार ७३२ जना आइसोलेसनमा रहेका छन ।
वितेको २४ घण्टामा ७ हजार १३७ सय जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । प्रा. डा. गौतमका अनुसार नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्