Logo
|
Friday 29th March 2024
Logo

epaper

नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो , थप २५९ जनामा कोरोना संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमित थपिएका छन । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ६५ जना संक्रमित निको भएर घर फर्किएका छन । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार २६ पुगेको छ ।

हाल १० हजार ४५२ जना क्वारेन्टाइनमा रहेका छन भने ५ हजार ७३२ जना आइसोलेसनमा रहेका छन । वितेको २४ घण्टामा ७ हजार ६८७ सय जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । प्रा. डा. गौतमका अनुसार नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्