Logo
|
Tuesday 11th May 2021
E-paper Magazine

कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या ५९ पुग्यो



जनस्वास्थ्य सरोकार,  पर्सा । पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। सोमबार मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको हो।

पर्साको पोखरिया नगरपालिका–९ की ती युवतीमा पखाला लागेको थियो। उपचारका लागि न्याशनल मेडिकल कलेज ल्याउँदै गर्दा उनको मृत्यु भएको थियो। मृत्यु पछि ती युवतीको स्वाब परीक्षण गरिएको हो।

स्वाब रिपोर्ट पोजिटिभ आएको छ। यो सँगै पर्सामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ। त्यस मध्ये तीन जना अन्यत्रका हुन्। रौतहटका दुई र बाराका एक जनाको पनि पर्सामै मृत्यु भएको थियो।

बन्दाबन्दी खुलेपछि मात्रै पर्सामा १३ जनाको मृत्यु भइसकेको छ। त्यस मध्ये अधिकांश लक्षणसहितका संक्रमित छन्। धेरैजसोलाई ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिने गरेको छ। देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्