Logo
|
Friday 29th March 2024
Logo

epaper

बुधबार थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि, १३० निको भए



जनस्वास्थ्य सरोकार काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३८१ जना कोरोना संक्रमित थपिएका छन । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १३० जना संक्रमित निको भएर घर फर्किएका छन । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार १५६ पुगेको छ ।

हाल ९ हजार ९२५ जना क्वारेन्टाइनमा रहेका छन भने ६  हजार  १७४ जना आइसोलेसनमा रहेका छन । वितेको २४ घण्टामा ६ हजार ३५९ सय जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । प्रा. डा. गौतमका अनुसार नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्